तेह्रथुम समाज बेलायत
Dammar Singok

Dammar singok. President of TSUK 2018-2021 (September)

 

 

 

 

 

 

 

 

तेह्रथुम समाज युकेको छैटौ कार्यसमिती (सन २०१८-२०२१)

President’s Memorandum and Article of Association

प्रारम्भ,

नेपालको तेह्रथुम जिल्लामा स्थायी बसोबास भै हाल युकेको बिभिन्न ठाउहरुमा बसोबास गर्दै आईरहेकातमाम तेह्रथुमेहरु लाई एकताबद्द गर्ने र खाचो परेको बेलामा आपसी सरसहयोग गर्ने पवित्र सोचाइ राखेरस्थापना गरिएको हाम्रो सस्था तेह्रथुम सोसाइटी युकेको छैटौं महाधिवेशन पस्चात मेरो काधमा नेतृत्व गर्नेजिम्मेवारी आएको छ! यतिबेला सस्थाको नेत्रित्व गर्ने अवसर पाइरहदा गौरब महसुस भएको छ। साथैनिक्कै कर्तव्यबोध पनि भइरहेको छ!

जबसम्म तेह्रथुमेहरु युकेमा रहन्छौ, तबसम्म हामीलाई युकेमा सस्थाको आवश्यकता पर्ने नै छ। त्यसैले, सम्पूर्ण तेह्रथुमेहरु सस्थामा आवद्द भएर एकतालाई मजबुत बनाउदै अघि बढ्न आग्रह गर्दछु। हामी सबैमिलेर धेरै ठुलो काम पनि गर्न सक्दछौ, हामी सबै मिलेर ठुलो समस्या हल पनि गर्न सक्दछौ, भन्ने प्रतिबद्दताव्यक्त पनि गर्न चाहन्छु!

तेह्रथुम समाज युकेको बिधान अनुसार सस्थाको साधारण सदस्य वा निजको आश्रयमा बसेका श्रीमती वाअबिवाहित छोरा वा छोरीहरु जो कसैको दुःखद देहान्त भए, यस संस्थाले मृतकका परिवारलाई आबश्यकपरेमा केहि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकिएको छ | संस्थाको बिद्यान अनुसार सदश्यतासहयोग कोषबाट उक्त रकम निकासा हुने भएकोले, तेह्रथुम जिल्लाबाट युकेमा आएर बसोबासगरिरहनुभएका जिल्लावासीहरुलाई आआफ्ना परिवारका प्रत्येक सदस्यहरुलाई तेह्रथुम समाज युकेमादर्ता हुन अनुरोध गर्दछु ।

सस्थाको बिद्यान अनुसार, क्रियाशिल सदस्यहरुलाई कुनै पनि प्रकारको भैपरी आउने समस्याहरुमासस्थालाई आकस्मिक सहयोग उपलब्ध गराउन सक्ने अवस्थामा तयार राख्न निक्कै ठुलो चुनौती छ, यसकोलागि सस्थाको सदस्यता सहयोग कोसलाई सन्तुलनमा राख्न सस्थाले सवैसँग स्वेच्छाले आर्थिक सहयोगकोलागि अपिल गर्ने छ।

सम्पूर्ण युकेवासी तेह्रथुमेहरुले कृयासिल सदश्यतालाई चुस्त दुरुस्त कायम राखिदिनु भयोभने सवैका लागिसस्था र सस्था सवैका लागि हुनेछ।

सन २००७ सालमा युकेवासी तेह्रथुमेहरुले सम्रिद्ध समाज निर्माणको लागि तेह्रथुम समाज युके स्थापनागरेको अहिले एघारौ बर्ष भएकोछ, भने यो छैटौ कार्यसमिति हो! सस्थाको उदेश्यहरु पुरा गर्नको लागिकार्यसमितिको कार्यबिभाजन गरी कार्यभारलाई सहज, छिटो र छरितो बनाउन निम्न बमजिम पदियजिम्मेवारी तोकिएको/गरिएको व्योहराको जानकारी गराउन चाहन्छु।

अन्त्यमा, यो सस्थालाई यहाँ सम्म ल्याई पुर्याउन आर्थिक, भौतिक तथा भावनात्मक रुपमा सहयोग गर्नुहुनेसम्पूर्ण आदरणिय सल्लाहकारहरु, दाजुभाई, दिदीबहीनी र युवा वर्गमा हृदयदेखी नै धन्यवाद ज्ञापन गर्नचाहन्छु। युकेवासी तेह्रथुमेहरुको जनहितमा काम गर्ने पवित्र उदेश्यले स्थापना भएको समाजलाई यसैगरीयहाँहरु सबैले अपार माया र साथ दिइरहनु हुनेछ, भन्ने विश्वास लिएको छु। साथै, यहाँहरु सवैलाई समाजमार्फत एकताबद्द हुन अनुरोध पनि गर्दछु। हामी तमाम युकेबासी तेह्रथुमेहरुको भलो होस्।

धन्यवाद।

 



 

MR DAMMARBAHADUR LIMBU

President

Tehrathum Society UK

Comments are closed.

सर्वाधिकार@तेह्रथुम समाज यु के. 2009 - 2021
Web Master: Ingnam Surendra
                             सदा एकता,एकरुपता र सदभावको लागी