तेह्रथुम समाज बेलायत

सम्पुणर् बेलायतवासी तेह्रथुमे आमा बाबा, दाजुभाइ दिदी बहिनी र युवा वर्गमा सूचना ।

यूकेको विभिन्न ठाँउहरुमा बसोबास गरिरहेका तेह्रथुमेहरुलाइ एकत्रित गरी दुःख-सुख साटासाट गर्ने पवित्र चौतारिको रुपमा स्थापित गरिएको हाम्रो विशुद्ध सामाजिक संस्था तेह्रथुम समाज यूके सक्रियताकासाथ अस्तित्वमा रहन, दुःख सुखको साथी वन्न हामी थप प्रतिवद्धता जाहेर गर्दछौ ।

यो संस्थाको स्थापना कालदेखी प्रत्येक दुइ वर्षको अन्तरालमा नयाँ कार्यसमितिको चयन गर्ने हामी सम्पुणर् तेह्रथुमे हरुको कर्तव्य हो । यसको गुणस्तर विकासको लागि चिन्तन तपाइ हामी सवैले लिएकानै छौ ।
यस अधिवेशनको गुणात्मक तथा पुर्वाधार विकासको लागि कार्यसमितिले पनि आफ्नो स्तरवाट सक्दो कोसिस गरिरहेकै छ ।

यस सस्थाको को उदेश्य प्राप्तिमा तपाई हामी सवैको बरावर योगदान रहेकोले यस्ता कार्यहरुमा सबै यूकेवासी तेह्रथुमे भेला भएर प्रतक्ष सुभकामना आदान प्रदान गर्न र यस समाजका युवाहरुलाई भोली अभिभावकहरु सामु गौरवान्वित हुनसक्ने अवसर दिनकालागी स-परिवार सहित हजुरहरुकको गरिमामय उपस्थिति रहन सकोस भनी हार्दिक निमन्त्रणा गर्न चाहान्छौ ।

हजुरहरुको उपस्थिति आफ्नो क्षेत्रीय सदस्य तथा सचिव जय मादेम्बा लाइ ०७८७७५४९१९० मा फोन वा म्यासेज गरेर जानकारी गराईदिनु भई खानपिन र अन्य ब्यावस्थापनको सहज गराईदिनु हुन समेत हार्दिक अनुरोध गर्दछौ ।

अधिवेशन सवै सदस्यहरु भेला भएर संस्थाको हितका लागी महत्वपुणर् निणर्यहरु गर्ने सर्वोच्च निकाय हो । त्यसैले हजुर हरुको साथ र सहयोगको पुणर् अपेक्षा रहको छ ।

धन्यवाद ।
भवदीय
डम्मर सिङ्गक
अध्यक्ष – तेह्रथुम समाज यूके

Comments are closed.

सर्वाधिकार@तेह्रथुम समाज यु के. 2009 - 2021
Web Master: Ingnam Surendra
                             सदा एकता,एकरुपता र सदभावको लागी